काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले कृषकहरुलाई कृषि सामाग्री वितरण गरेका छन् । विहिबार तेमाल गाउँपालिका वडा नं. १ का कृषकहरुलाई उपाध्यक्ष थोकरले सामाग्री वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थोकरले गाउँपालिकाले कृषिलाई यान्त्रीकरण गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्न लागेको बताए । उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अगाडि सारेको बताए ।

कार्यक्रम तेमाल गाउँपालिका कृषि शाखा र फुलबारी तरकारी बीउ उत्पादक सहकारी सस्थां लिमिटेड तेमाल–१ को आयोजनामा भएको थियो ।

कार्यक्रममा ५० प्रतिशत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामाग्री वितरण गरेको छ । सो अवसरमा किसानहरुलाई १० थान मिनि टेलर, १ थान पावर टेलर, ड्याङ बनाउने टेलर, स्पेयर पम्प २० थान, बिषादी, आलु बीउ बीउ ९ हजार ८ सय केजी वितरण गरिएको थियो ।

यो आयोजनाको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अन्तर्गत २४ लाख बजेट व्यवस्था गरिएको थियो ।

कार्यक्रममा अतिथि कृषि शाखा प्रमुख कुलदिप पहाडी लगातयका सहभागी थियो ।

Comments

comments