काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व २८५९ सोनाम ल्होछारको अवसरमा डम्फू गीत प्रतियोगिता हुने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो प्रतियोतिामा सहभागी हुन आव्हान गरिएको छ ।

गाउँपालिकाको आयोजनामा माघ ७, ८ र ९ गते (३ दिन) बृहत ल्होछार विविध कार्यक्रम सहित आयोजना हुने र सो क्रममा तामाङको उत्पत्ति, बिवाह तथा छेवार सँस्कृति र ताम्बाको भुमिका विषयक डम्फु गीत प्रतियोगिता हुने गाउँपालिकाको सूचनामा उल्लेख छ । हुँदा समुहको प्रस्तुतिसहित सहभागी हुनको लागि अनुरोध गरिन्छ ।

प्रतियोतिा आगामी माघ ८ गते आइतबार खानीखोला गाउँपालिका-५ तालढुंगा दिउँसो ठिक १२ बजे हुने सूचनामा उल्लेख छ । ४५ मिनेटदेखि अधिकतम १ घण्टा सम्मको हुने गीत प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिने जनाएको छ ।

Comments

comments