रामेछाप । माघ ९ गते सोमबार सुनापति गाँउपालिका, रामेछापको आयोजनामा तामाङ समुदायको ऐतिहासिक २०५९ औं  ह्योई “तावर” ल्हो सोनाम ल्होछार तथा बृहत साँस्कृतिक कार्यक्रम २०७९ सुनापति गाउँपालिका वेथान ४ स्याउरी न्हान वडा कार्यालयको प्राङ्गणमा हुने भएको छ।

पाैष २९ गते शुक्रबार, राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन वलको प्रमुख अतिथ्यतामा भक्तपुर तोङबा स्टेसन सुर्यविनयाकमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि २८५९ औं ह्योई, तावर सोनाम ल्होछार मुल समारोह समितिले कार्यक्रम बारे जानकारी दिएको थियोे ।

“सुनापति रामेछापको बेग्लै पहिचान, साँस्कृतिक जागरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ २८५९ औं ह्योई, तावार सोनाम ल्होछारमा लामा, बोम्पो, ताम्बाको मुख्य विधिबाट ताक “च्यान”ल्होलाई बिदाई गरि ह्योई “तावर ल्हो”लाई ” स्वागत गरेर ल्हो फाङसी”गर्ने साथै विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।

उक्त कार्यक्रमबाट राष्ट्र र समुदायमा विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने विशिष्ट व्यक्तित्वहरु नेपाल विद्युतको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नमुना बिद्यालय डुहु माविको कुशल प्रधानाध्यापक दल बहादुर वल, वरिष्ठ जनकलाकार मान बहादुर दोङ,भ्वासा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक धर्मगुरु विमान सिंह तामाङलाई विशेष सम्मान गरिने भएको छ।

कार्यक्रमका आकर्षणको रुपमा लामा, बोन्बो र ताम्बाहरुको विशेष झाँकी प्रर्दशन साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको चर्चित गायकहरु पहिलो नेपाल आइडल बुद्ध लामा, प्रेम लोप्चन, अभिषेक तामाङ, मिङस लामा, छेवाङ तेन्जिङ लामा, राज कुमार तामाङ, प्रदिप लामा, सरोज योञ्जन, अग्निशा थिङ, र्यापर हुरी क्यान लामा, चर्चित दोङ, प्रविन्स मोक्तान, अर्जुन पूर्वेलीको विशेष साँगीतिक प्रस्तुती हुने सुनापति ल्होछार मुल आयोजक समारोह संयोजक तथा नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्य हिरालाल दोङले बताएको हो।

साथै कार्यक्रममा पुष्प जनजागरण साँस्कृतिक परिवारको बेजोड नृत्य प्रस्तुतीका साथमा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती साथै चर्चित हास्य कलाकार सुबोध गौतमको विशेष प्रस्तुती हेरेर मज्जा लिन सक्ने भएको छ।

उक्त वृहत् सोनाम ल्होछार कार्यक्रम सफलताको लागि आम ल्होछारप्रेमीहरुलाई आफ्नो पहिचान झल्किने गरि उपस्थितिका लागि अनुरोध समेत आयोजकले गरिएको छ।साथै उक्त  सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम चर्चित सञ्चारकर्मी  कर्मा लामा लो ले सञ्चालन गर्ने भएको छ।

Comments

comments