काठमाडौं । युवा गायक तथा संगीतकार कोशिस थोकरको शब्द संगीतमा रहेको छामेला हेराई ज्यानमारा बोलको गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
काठमाडौं बौद्ध स्थित स्हेनोर रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि भिडियो सार्वजनिक गरेका थिए ।
युवा गायक गायक कुमार तामाङ र चर्चित गायिका जितु लोप्चनको स्वर रहेको गीतमा तामाङ चलचित्रका जगतको महानायक अमिर दोङ र मोडल पुर्णिमा थोकर र मोडल संजिव गोले र रश्मिला तामाङको अभिनय गरिएका छन् ।
उक्त गीतको एरेन्ज तथा मिक्सिङ सानुबाबु घिसिङले गरेका हुन् ।भने उक्त म्युजिक भिडियोको निर्देशक महानायक दोङकै रहेको छ भने छायांकन बज्र लामा इडिट राजु तामाङ साथै कोरियोग्राफी कृष्ण ब्लोन छन् ।
भने डम्फू मिडिया हाउसको पोस्ट प्रोडोक्सनमा बनेको भिडियो डम्फू मिडियाको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।
उक्त म्युजिक भिडियोमा अभिनय गरेकी एक चर्चित मोडल पुर्णिामा लामा अचानक अचेत भइ हाल टिचिङ अस्पतालमा उपचार गरिरहेकी छिन् ।
भिडियो हेर्नुस् ।