काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार शिविर प्रत्येक वडामा १÷१ दिन हुने भएको हो ।
शिविर माघ १२ गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने स्वास्थ्य प्रमुख पाठकले जानकारी दिए । शिविर तेमाल गाउँपालिकाको आयोजना तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोग र साझेदारीमा संचालन हुने उनले बताए । शिविरमा महिला स्वास्थ्य सम्वन्धी रोग, पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क परिक्षण गरिने स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिए ।
कुन वडामा कहिले सञ्चालन हुन्छ ?
माघ १२ गते सामुदायिक स्वास्थ्य ईकाई गिम्दी वडा नं. ५ मा, मा १३ गते वडा नं. १ को सामुदायिक स्वास्थ्य ईकाई सस्र्युंखर्कमा, माघ १४ गते वडा नं. २ को वडा कार्यालय भवन चुखामा, माघ १५ गते वडा नं. ३ को कार्यालय भवन सरमथली, वडा नं. ४ मा माघ १६ गते बोल्देफेदिचे स्वास्थ्य चौकीमा, माघ १७ गते वडा नं. ६ को ठूलोपर्सेल स्वास्थ्य चौकीमा, माघ १८ गते वडा नं. ७ को चापाखोरी स्वास्थ्य चौकी, माघ २० गते वडा नं. ९ को सामुदायिक स्वास्थ्य ईकाई मैनाजाङमा र वडा नं. ५ को पाखेरी नारायणस्थान स्वास्थ्य चौकीमा सञ्चालन हुने बताएको छ ।
शिविर विहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















