नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेश सरकारको मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको हो।
माओवादीले बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ४ मन्त्री पाएको छ। मुख्यमन्त्री पाइसकेको माओवादीले बुधबार थप ३ मन्त्री पाउन लागेको हो। माओवादीबाट युवराज दुलाल भौतिक पूर्वाधार, कुमारी मोक्तान सामाजिक विकास र गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन्।
दुलाल र मोक्तान प्रदेशको पूर्वसामाजिक विकासमन्त्री हुन्। केही दिनअघि मात्रै सामाजिक विकास मन्त्रीबाट पदमुक्त भएकी मोक्तान पुनः त्यही मन्त्रालयको नेतृत्व गर्न पुग्ने भएकी छन्।
यसअघि एमालेले पनि मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको थियो। एमालले एकालाल श्रेष्ठ, केशव पोखरेल, रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने भएको छ।
मन्त्री बन्न लागेका श्रेष्ठ उद्योगमन्त्री बन्न लागेका हुन् भने यसअघि दलको नेता जगन्नाथ थपलिया अर्थमन्त्री बनिसकेका छन्। अरू दुइजनाको मन्त्रालय टुङ्गिन बाँकी छ।
अब ३ मन्त्री पाएको राप्रप्राको मन्त्री बन्नेको नाम टुङ्गिन बाकी छ। बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















