सरकारले क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गर्न आगामी असार मसान्तसम्मको समयसीमा तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गर्न आगामी असार मसान्तसम्मको समयसीमा दिने निर्णय गरेको हो ।

यस्तै बैठकले आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात् पनि चलिरहेका क्रसर उद्योगहरू पनि बन्द गर्ने निर्णय गरेको हो । विना अनुमति सञ्चालित सबै क्रसर उद्योगलाई बन्दै राख्ने बैठकले निर्णय गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।