काभ्रे जिल्लामा अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ४३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले एक हप्तामा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठका अनुसार माघ ६ गतेदेखि १३ गतेसम्ममा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकतामा राखि सोहि अनुरुप बिषेश प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

पक्राउ पर्नेहरुमा जिल्लाका बिभिन्न पालिकाहरुबाट वर्ष ४२ को सानु कुमार तामाङ, वर्ष ४० को श्रीराम तामाङ, वर्ष ४२ को मिलन परियार, वर्ष ३४ को सागर पराजुली, वर्ष २९ को राजु लामा, वर्ष ४० को यादवराज पौडेल लगायत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

Comments

comments