ऐतिहासिक काभ्रे तेमालमै पहिलोपल्ट बृहत विश्व शान्ति पूजा तथा २८५९ औं “ग्योई तावर ल्हो” सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ। यहीँ माघ १६ देखि १८ गते सम्म नमोबुद्ध नगरपालिका वडा नम्वर ५ कोटतेमालमा श्रद्वेय टुल्कु सोनाम गार्वाङ रिम्पोछे (चार अवतार) बाट तीन दिने “विश्व शान्ति पूजा” तथा “छिवाङ” आयु अभिषेक कार्यक्रम हुन लागेको हो।

युवा व्यवसायी तथा समाजसेवी सुवर्ण तामाङको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंको बाैद्वमा एक विशेष पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी दिएका छन् ।

तेमाल ऐतिहासिक धार्मिक दृष्टिकोणमा निकै परिचित भुमि हो।तामाङहरुको उदम थलो, शक्तिशाली अन्तिम तामाङ राजाको प्रख्यात भुमिका रुपमा स्थपित काभ्रे तेमालमा सिंगो मानव जातिको सुख शान्ति, समृद्धि एवं दिर्घयु तथा सम्पूर्ण प्राणी जगतको मुक्तिका लागि विश्व शान्ति पूजा हुने भएको ।

उक्त आयोजित पत्रकार सम्मेलन मार्फत तामाङ समुदायमा व्याप्त रहेको बौद्ध धर्म अनुसार उक्त विश्व शान्ति पूजा हुन लागेको साथै समग्र तेमालमा भाषा,धर्म ,संस्कार र सांस्कृतिक संरक्षण र प्रवर्द्धनका लागि साथै सांस्कृतिक एवं पर्यापर्यटन विकासमा यस पूजाले ठुलो योगदान पुर्याउने आफूहरू विश्वस्त भएको कार्यक्रम संयोजक ईश्वराज तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार समग्र प्राणी जगतको लागि गरिने यस पूजामा पचास हजार भन्दा बढी भक्तजनको सहभागिता हुने अपेक्षा राखिएको छ।

१०८ बौद्ध लामा गुरुहरूबाट हुने पाठ पूजा तीन दिन सम्म चल्ने छ । उक्त पाठ पूजामा श्रद्वेय टुल्कु सोनाम गार्वाङ रिम्पोछे (चार अवतार) तथा लामा गुरुहरूबाट आयु अभिषेक हुने छ । यसका साथै पूजाको अन्तिम दिन विविध ल्होसार सांस्कृतिक कार्यक्रम समेत गरिने आयोजकले जानकारी दिएका छन् ।

उक्त ल्होछार साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु तामाङ समुदायको पहिलो र्यापर उतर लामा, गायक बेनु लामा, हावा लामा प्रतीक मोक्तान, प्रमिला तामाङ ,विजय लामा र इन्द्रकला राई लगायत स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने भएको छ।

धार्मिक पर्यटन तथा प्राणीको मुक्तिका लागि उक्त पूजा विश्व शान्ति पूजा एक व्यक्तिका लागि नभई समग्र प्राणीको रक्षाका लागि हुने भएकाले यसमा सबैको सहभागिताताका लागि उपस्थितिका लागि समेत आयोजकले अनुरोध गरेको छ।

पत्रकार सम्मेलनमा गायक उतर लामा, ईश्व राज तामाङ बेनु लामा, लोकेन्द्र लामा लगायतका आयोजक समितिहरु उपस्थित भएका थिए।

Comments

comments