काभ्रे जिल्लामा टिपर सञ्चालन हुने भएको छ । आज (आइबार) टिपर सञ्चालन गर्न दिन गृहमन्त्रालयबाट आदेश आएपछि काभ्रेमा पनि टिपर सञ्चालनमा आएको हो ।

गत पुष २४ गते गृहमन्त्रालयले दशैभरि टिपर सञ्चालनमा रोक लगाएको थियो । मन्त्रालयबाट अर्को आदेश आएपछि जिल्लामा टिपर सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएपी अञ्जना श्रेष्ठले जानकारी दिएका छन् ।

डिएसपी श्रेष्ठका अनुसार पहिले जस्तै लोड टिपर राति ९ बजेदेखि र खाली टिपर राति ८ बजेबाट सञ्चालन हुन पाउनेछन् ।

टिपर सञ्चालन गर्न दिएपनि जिल्लाभित्र रहेका क्रसर, ढुंगाखानी र बालुवाखानी भने सञ्चालन नहुने भएको छ । क्रसर उद्योग, ढुंगाखानी र बालुवाखानी सञ्चालनका लागि गृहमन्त्रालयबाट आदेश नआएकोले सञ्चालन नभएको डिएसपी श्रेष्ठले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।