पवित्रा तामाङ पोखरा । तामाङ समुदायको राष्ट्रिय ऐतिहासिक पर्व २८५९ औं “ह्योई ल्हो”सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
प्रतिनिधि सभाका सदस्य माननीय मन बहादुर गुरुङको प्रमुख आतिथ्यतामा १३ संगमटोल स्थित तामाङ बौद्ध सेवा समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो।
मञ्जुश्री संवत २८५९ औं ह्योई ल्हो(बिरालो वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजित सोनाम ल्होछारमा शुभकामना आदानप्रदान, सम्मान एवम् विविध साँस्कृतिक कार्यक्रम भएको थियोे ।
तामाङ समुदाय भाषिक तथा रहनसहनका हिसाबले ९०% तमु समुदायसँग मिल्दोजुल्दो समुदाय हो।तामाङ समुदायबाट पनि देशको नेतृत्व र नीति निर्माण तहमा पुग्ने क्षमता भएका धेरै व्यक्तिहरु छन् यद्यपि यो समुदायले वर्तमान अवस्थासम्म आइपुग्दा पनि शैक्षिक स्तरमा अझ जोड दिनुपर्ने कुरा प्रमुख अतिथि गुरुङद्वारा ध्यानाकर्षण गराएको थिए ।
उक्त सोनाम ल्होछार सिङ्गो तामाङ समुदाय साथै अाफ्नो संस्थालाई आर्थिक,भौतिक एवम् नैतिक रुपले सेवामा समर्पित रहि आफ्नो जीवनकाल खण्डको लामो समय व्यतीत गर्नुभएको व्यक्तित्व नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जन तामाङलाई उक्त कार्यक्रममा ताम्रापत्रद्वारा सम्मान गरिएको थियो।
त्यसैगरी स्वर्गीय आमाबुबाको स्मृति संस्थालाई रु. एकलाख दस हजार रुपैयाँ प्रदान गर्नुहुने संस्थाका सदस्य बोस बहादुर पाख्रिन र श्रीमती राम कुमारी गोले, टुकुमाया लोप्चन,रेशम स्याङबो,नर बहादुर योञ्जन,शान्ति थिङ, वृजेश थिङ र ननसुबा स्याङबोलाई सम्मान गरेका छन् ।
कार्यक्रममा तामाङ घेदुङका संघीय उपाध्यक्ष दिपक वाइबा तामाङ, नेपाल तामाङ घेदुङ पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुम बहादुर योञ्जन, जिल्ला समन्यव समिति कास्कीका अध्यक्ष भक्त तामाङ, संस्थाका सल्लाहकार एवम् ताम्बा ना.सु. राम प्रसाद सम्देन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिनमाया तामाङ, घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिबु ब्लोन तामाङ,वडा नं.१३ का निवर्तमान अध्यक्ष दर्शन लामा,तमु धिँ नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ नवनिर्वाचित वडा सदस्य सुचित तामाङ लगायतले सोनाम ल्होछारको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उक्त साँस्कृतिक कार्यक्रममा गायिका लक्ष्मी डिम्डुङ तामाङ लगायत स्थानीय कलाकारहरुले विभिन्न साँस्कृतिक नृत्यबाट कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थिए।
अध्यक्ष विष्णु योञ्जन तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शेरजङ वाईबा तामाङले स्वागत मन्तव्य राखिएको थियो साथै संस्थाका सचिव वृजेश थिङ तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।