काठमाडौं ।यूजिल्याण्डमा रहेका तामाङहरुले तामाङ समुदायक राष्ट्रिय पर्व २८५९ औं “ह्योई तावर ल्हो”सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रम न्युजिल्यान्डको दुई सिटीमा भव्य रुपले मनाएको छ।
तामाङ सोसाइटी अफ न्युजिल्याण्डको आयोजनामा आयोजित कार्यक्रममा नर्थ अक्ल्यान्डमा अवस्थित पलपुङ गुम्बामा लामा गरुबाट पाठपुजा अायु अभिषेक गरी च्यान ल्हो अर्थात् बाघ वर्षलाई बिदाइ गरेर अाउने नयाँ “ह्योई तावर ल्हो” लाई स्वागत गरि सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमबाट एकअर्काका बीचमा शुभकामना आदानप्रदान गरि हर्ष, उल्लासका साथ सम्पन्न भएको थियोे ।
नर्थ अक्ल्यान्डमा भएको ल्होछार कार्यक्रममा २०१८ को मिसेस तामाङ को टप टेन सञ्जु मोक्तान लामाको विशेष प्रस्तुतिका साथ अन्य कलाकारहरुले तामाङ सेलो,म्हेन्दोमाया नाच ,र विविध सांगीतिक प्रस्तुतिहरुबाट मनोरञ्जन दिएका थिए।
विश्वभरी छरिएर बसेका तामाङहरुको आफ्नो भाषा, धर्म ,संस्कार र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरि यसलाई विश्व सामु चिनाउने उदेश्यले न्युजिल्याण्डमा रहेको तामाङ तथा ल्होछार प्रेमीहरु एक ढिक्का भई प्रत्येक वर्ष मान्दै आइरहेको आयोजक समितिका निश्चल तामाङले बताउनुभयो ।
न्युजिल्यान्डको New Zealand Southland र new zealand Auckland मा बसोबास गर्ने तामाङ, ल्होछारप्रेमीहरुले एकै साथमा दुई सिटीमा वृहत् सोनाम ल्होछार विशेष कार्यक्रम मनाएको थिए।
सोनाम ल्होछार कार्यक्रम तामाङ सोसाइटी न्युजिल्याण्डका अध्यक्ष शान्त लामा ग्याबाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएका थिए ।