काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको बाह्रौ गाउँसभा आगामी माघ २५ गते हुने भएको छ । गाउँ कार्यपालिकाको आइतबार सम्पन्न वैठकले सो निर्णय गरेको हो ।

हिउँदे अधिवेशनको रुपमा हुने सो अधिवेशनमा अर्धवार्षिक समिक्षा हुनुका साथै विभिन्न योजनाहरु समेत पारित गर्ने गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्र तामाङले जानकारी दिए ।

बैठकले केही योजनाहरुको रकामान्तर गर्न गाउँसभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए । उनका अनुसार बैठकले मेलमिलाप कार्यविधि–२०७९ समेत पारित गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।