काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको प्रशासकीय भवन स्थानान्तरण नुहने अध्यक्ष रेणुका चौंलागाईंले प्रष्ट पारेका छन् । स्थानान्तरण हुने हल्ला चलेपछि अध्यक्ष चौंलागाईंले एक वक्तव्य जारी गर्दै स्थानान्तरण नहुने स्पष्ट पारेका हुन् ।

‘यस गाउँपालिकाबाट हुने सार्वजनिक सेवा प्रवाहलाई सहज तथा प्रभावकारी बनाई सेवाग्राही मैत्री बनाउन गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न उपाध्यक्षको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति बनाई कार्यपालिकामा पटक पटक छलफल भएको र स्थानीय सरोकारवालाहरूसँग पनि जग्गा व्यवस्थापनका लागि छलफल भइरहेको सन्दर्भमा आधिकारिक निणर्य बिना नै अनर्गल (जथाभावी प्रचार प्रसार गरेर गाउँपालिकाको सदरमुकाम (गाउँपालिका भवन) स्थानान्तरण (सार्न) लागेको भन्ने अफवाह फैलाई जनसाधारणमा भ्रम सिर्जना गर्न खोजिएको सूचना प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ चौंलागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको भ्रम सिर्जना गर्ने व्यक्तिहरु प्रति सजग रहन समेत सम्पूणर् गाउँपालिका भित्रका जनसमुदायमा अनुरोध गर्दछु । कुनै व्यक्ति वा समुहको लहडको भरमा गाउँपालिकाको भवन स्थानान्तरण नहुने व्यहोरा समेत जानकारी गर्दछु साथै यस किसिमको भ्रामक प्रचारप्रसारको पछाडि नलाग्न पनि सम्पूणर् जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।