काठमाडौं । तामाङ मोड्लिङ क्षेत्रमा निकै व्यस्त मोडल पुर्णिमा थोकरलाई तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष विश्व दोङको विशेष उपस्थितिमा तामाङ समाज युएईले ७३ हजार रुपैयाँ पठाएको आर्थिक हस्तान्तरण गरिएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले लामो समयदेखि ब्रेन ह्यामरेजका कारण शारिरिक रुपमा अस्वस्थ्य रहेकी थोकरलाई सहयोग गरेको हो।

तामाङ सेलो र डन्सिङ गीतहरुमा निकै चर्चामा रहेको व्यस्त मोडल थोकर आफ्नै कोठामा अचेत अवस्थामा भेटेपछि उनलाई टिचिङ अस्पताल पुर्याएका थिए । पछि उनलाई ब्रेन ह्यामरेज भएको डाक्टरले जानकारी गराए ।

शरिरको आधा भाग अचेत अवस्थामा रहेको थोकर हाल अलिअलि हिडडुल गर्ने भए पनि बोली र दाइने हात अझै नचलेको उनका परिवार स्रोतले बताए ।

बिरामी थोकरको घरमै पुगि तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, कोषाध्यक्ष खेम मोक्तान, आदिबासी जनजाति पत्रकार महासंघ युएईका पुर्व अध्यक्ष अनिस तामाङ , म्हेन्दो माया गायक एवम् संगीतकार रोशन फ्युबो लगायतले तामाङ समाज युएईले पठाएका आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

सोनाम ल्होछार विशेष सांगीतिक प्रस्तुतिका क्रममा युएईका पुगेका अध्यक्ष विश्व दोङ समाजले ५० हजार रुपैयाँ तामाङ समाज युएईको तर्फबाट र बाँकी २३ हजार रुपैयाँ समाजका संरक्षक एवम् संस्थापक राम मोक्तान र महेश मोक्तानले पठाएको तामाङ समाज युएईका महासचिव नविन दोङ तामाङले जानकारी गराए ।

Comments

comments