बागमती प्रदेश सरकारले प्रदेशमा बोलिने दुई राष्ट्रिय भाषा नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया शुरु गरेको छ । सरकारले उक्त भाषको बिषयमा अध्ययन गर्न समिति बनाएर प्रक्रियाको थालनी गरेको हो ।
प्रक्रिया थालनी गर्नका लागि सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा एक समिति बनाएको छ । समितिमा श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ र वन तथा वाताबरण मन्त्री राजु विष्ट रहेका छन् ।
सामाजिक विकास मन्त्री एबम् अध्ययन समिति संयोजक मोक्तानले २ महिनामा समितिले अध्ययनको प्रतिबेदन बुझाएपछी थप प्रक्रिया अगाडी बढाइने बताए । आफुहरुले पाएको जिम्मेवारी छिटो पुरा गर्ने मोक्तानले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















