काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ का अध्यक्ष देवराज लामाले एसईई परिक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई १ लाख सम्मको नगद पुरस्कार दिने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष लामाले सो कुराको घोषणा गरेका हुन् ।

गाउँपालिका वडा नं. २ वडा कार्य समितिको माघ २० गते बसेको बैठकले सो निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । वडा अध्यक्ष लामाका अनुसार सो वडामा रहेको एक मात्र माध्यमिक विद्यालय सर्वोद्धार मा. वि. मा अध्यनरत विद्यार्थीलाई सो पुरस्कार दिने भएको हो । विद्यार्थीलाई सहयोग पुगोस, विद्यार्थीको अध्यनमा थप प्रेरणा मिलोस, गुणास्तरीय शिक्षाको विकास तथा विद्यार्थी प्रोत्सानको लागि भन्दै यो वर्ष एसईई परीक्षामा बी प्लस देखि ए प्लस अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरेका उनले तेमाल अनलाईनलाई जानकारी दिए ।

सर्वोत्तम अर्थात ९० प्रतिशत वा सो भन्दा माथि अंक ल्याउने विद्यार्थीले १ लाख रुपैयाँ, अत्यूत्तम अर्थात ८० प्रतिशत वा सो भन्दा माथि ९० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले ७५ हजार रुपैयाँ र ७० प्रतिशत वा सो भन्दा माथि ८० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले ५० हजार रुपैयाँ पुरस्कार पाउने वडा अध्यक्ष लामाले घोषणा गरेका छन् ।

Comments

comments