बागमती प्रदेश सरकारले सेवा विस्तारका लागि १३ वटा जिल्लामा एकीकृत कार्यालय खोल्ने भएको छ।

प्रदेशको सबै काम जिल्लाबाट नै हुने गरी सरकारले प्रदेशका सबै जिल्लामा एकीकृत कार्यालय खोल्ने भएको हो। यसका लागि प्रदेश सरकारले अध्ययन कार्यदल गठन गरेको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। समितिको संयोजकमा प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला रहेका छन्।

निरौलाले आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयका सचिवलाई कार्यदलको सदस्य नियुक्त गर्नेछन्। प्रदेश सरकारका योजना कार्यान्वयनमा भएका समस्या समाधानका लागि एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको बताइएको छ।

प्रदेश सरकारका सबै प्रशासनिक काम हेटौँडा र काठमाडौंबाट मात्र सञ्चालन हुँदा सेवाग्राहीहरू समस्यामा पर्दै आएकाले एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

उनका अनुसार उक्त कार्यदलले अध्ययन गरेर मन्त्रिपरिषदमा प्रतिवेदन बुझाएपछि सरकारले १३ वटै जिल्लामा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्नेछ।

कार्यदलले प्रशासनिक खर्च, सेवा प्रवाहलगायत विषयलाई केन्द्रमा राखेर अध्ययन गर्ने र आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयमातbaहत रहने गरी कार्यालय खोल्ने सुझावसहित प्रतिवेदन पेश गर्नेछ।

Comments

comments