काठमाडौ ।काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ स्थित कोटतेमाल परिवारद्वारा आयोजित माघ १६, १७ र १८ तीन दिवसिय वृहत् विश्व शान्ति पुजा आयु अभिशेक २८५९ औं “ह्योई तावर”सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमबाट पहिलो तामाङ र्‍यापर गायक उतर लामा र पहिलो तामाङ महिला पाईलट धर्मिला तामाङ सम्मानित   भएको छ।

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं.१ आधाबाटो (डहुन्हान्) मा बुबा कान्छामान तामाङ र आमा मैना तामाङको कोखबाट २०४० साल कार्तिक ९ गते जन्मेका उतर लामा बाल्यकाल देखि नै गीत,संगीतप्रति निकै रुचि रहेको थिए।

लामा परिवारका जेठो सन्तानको रुपमा जन्मेका गायकले तामाङ सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउने सोच बोकेका थियोे ।तामाङ समुदायमा पृथक धारबाट अगाडि बढ्ने कठोर सपना बोकेका लामाले निकै संघर्ष गर्दै आए ।

तामाङ र्याप क्षेत्रमा केही विकास गराै भनेर र्यापबाट अगाडि बढ्ने सोच लिएर निरन्तर र्याप तर्फ लागिरहे।
र्यापको विश्व बजार छन् ।छुट्टै पहिचान छ, विशेषता छन् भनेर २०५५ सालमा पहिलो पटक तामाङ भाषामा र्‍याप गीत रेकर्ड गरेका हुन् । भर्खरै युवा अवस्थामा भएको बेला पहिलो गीत रेकर्ड गरिएको उनको पहिलो एल्बम तेमाल गाङ २०५८ सालमा बजारमा सार्वजनिक भएको थियो । उनको उक्त एल्बममा तेमाल तेमाल, ह्याङला ल्होछार, म्हेन्दोला माला, धिम ङला तोर तोर तेमाल ल्हारी लगायत ६ वटा गीत समाबेश गरिएको थियो । गायक उत्तर लामाले पहिलो पटक निकालेको गीती एल्बम तेमाल गाङबाट नै तामाङ गीतसंगीतको बजारमा एउटा नयाँ उचाई कायम राख्न सफल भयो । त्यस पछि उनले तेमाल्ला च्याङबा, स्कर्ट क्वान्बा नाना, धिममि सिन्धुली, रोशीला च्याङबा, तामाङ एम.पि.थ्रि लगायतका थुप्रै हिट गीतहरु बजारमा सर्वाधिक रुपमा चलेको गीतहरु बजारमा आइसकेका छन्।

लामाले तामाङ र्याप ल्याउने बेला तामाङ समुदायमा चलेका कलाकारहरुले निकै विरोध गरेको पनि थिए।तर पनि लामा धेरै विरोधको बाबजुद पनि आफू निरन्तर लाग्न अझ प्रेरणा मिलेको बताउछन् गायक उतर लामा।

उहाँले भन्नुभयो म जस्तोसुकै अवस्थामा पनि तामाङ र्याप गीत क्षेत्रमा निरन्तर लाग्छु ,मेरो सांगीतिक यात्रा एउटा गन्तव्यमा पुर्याउछु। तामाङ र्याप गीतबाट समाजमा भएको विकृति विसंगतिलाई हटाइ आफ्नो भाषा धर्म, संस्कार र संस्कृति जगेर्ना गर्ने खालको र्याप गीतबाट सन्देश दिएको छ।लामा तामाङ र्याप गीतमा सिमित रहेनन् ।तर तामाङ चलचित्र जाथेबा,ङ्हीरेला ल्हुाई, परदेशी च्याङबा र कांख्रे लगायतका तामाङ चलचित्रहरुमा संगीत पनि भरेका छन् ।

बिगत २ दशकभन्दा लामो समयदेखी तामाङ गीतसंगीतको क्षेत्रमा र्‍याप गायकको रुपमा निरन्तर लागी रहेको उत्तर लामालाई तामाङ समुदायको पहिलो र्‍यापर गायकको रुपमा सम्मानित भएका छन् ।

यसैगरी  काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ स्थित कोटतेमाल स्थित बुबा रत्नमान तामाङ र आमा
कान्छी तामाङको कोखबाट जन्मिनु भएकी तामाङ महिलाबाट पहिलो पाईलट धर्मिला तामाङ लगायतका अन्य व्यक्तिहरुलाई सम्मान गरिएको थियोे ।

उत्तर लामा र्‍याप गीत गाउनमा मात्रै सिमित रहेनन् तामाङ आधुनिक गीत तामाङ सेलो गीतहरु पनि राम्रै गाएका छन् । हाल सम्म उनको आवाजमा र्‍याप गीत, नेपाली गीत तथा सेलो गीतहरु गरेर १०० वटा भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । उनी केही समय भने सांगीतीक क्षेत्रबाट थोरै टाढा रहे । तर पछिल्ला समय भने उनी पुनः यही क्षेत्रमा फर्केका छन् । केही बर्षको अन्तराल पछि उनले उत्तर लामा “आयो ब्याक टु ब्याक”नामक र्‍याप गीत बजारमा ल्याए सँगै फेरी पनि तामाङ गीत संगीतको बजारमा चर्चा बटुल्न सफल भएका छन् । यत्ति मात्र नभएर तामाङ भाषाको चलचित्र काख्रेमा खाजी होइ काख्रे खाजी होई भन्ने गीतमा आफ्नो आवाज भरे पश्चात भने झनै तामाङ सांगीतिक बजारमा तहल्का मच्चाए ।

गायक उत्तर लामालाई यस अघि तामाङ चलचित्र संघ, तामाङ समाज कतार लगायत अन्य विभिन्न  संघ संस्थाहरुले पहिलो तामाङ र्‍याप गायकको रुपमा सम्मान गरिसकेका छन् ।

उक्त कार्यक्रमको संयोजक इश्वराज तामाङ रहेका थिए भने कोटतेमाल परिवारको अध्यक्ष विश्वराज तामाङको सभापतित्वमा सम्पन्न भएको थिए।