वागमती प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध थालनी गरेको दिनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

माओवादी जनयुद्ध नेपाली इतिहासमा जनताको पक्षमा न्यायपूर्ण आन्दोलनको रुपमा स्थापित छ । जनयुद्धकै जगमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनयुद्धकै कारणले नेपाली जनताले संवैधानिक रुमपै अधिकार प्राप्त भएको छ ।

यसैलाई मध्यनजगर गरेर जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको जनाएको छ ।

‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९।१०।२४ को बैठकले जनयुद्ध दिवसको अवसरमा सम्वत् २०७९ साल फागुन ०१ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ प्रदेश सरकारद्वारा जारी सूचनामा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।