काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हाजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. ६ को वडा शिक्षा समितिको आयोजनामा शुक्रबार वडा स्तरीय प्रावि तहको अन्तर विद्यालय प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा श्री महाँकाल आधारभूत बिद्यालय प्रथम, श्री निर्मला आधारभूत बिध्यालय दोस्रो र श्री पन्चकन्या मा.बि. तेस्रो भएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएको विद्यालयका विद्यार्थीहरुलाई वडा अध्यक्ष प्रेम लामाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष लामाले शिक्षा क्षेत्रमा गुणत्मकता हासिल गर्न अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहने बताउँदै वडाले यस प्रति आगामी दिनमा रचनात्मक कार्यक्रमहरु अघि सार्ने बताए । ‘किताबी ज्ञानले मात्र विद्यार्थीहरुलाई पुग्दैन । बाहिरी ज्ञान पनि आवश्यक हुन्छ ।’ लामाले भने, ‘विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने माध्यम अतिरिक्त क्रियाकलाप नै हो । यसले गुणत्मक शिक्षाको लागि महत्वपूर्ण टेवा पुग्न सक्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























