काभ्रे जिल्लामा पासपोर्टको लागि बुकिङ गर्न कुनै बार कुर्नु नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेले विद्युतिय राहदानी आवेकका लागि सार्वजनिक विदा बाहेक प्रत्येक दिन बुकिङ खुल्ला गरेपछि सेवाग्राहीलाई सहज भएको छ ।

शुक्रबार (आज)बाट लागु भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिएका छन् । यस अघि विद्युतिय राहदानी आवेदकका लागि प्रत्येक मंगलबार र शुक्रबार दिउँसो २ बजे राहदानी अप्वाइन्टमेन्ट मितिको बुकिङ्ग खोल्ने गरिएकोमा सेवाग्राहीहरुको थप सहजताका लागि माघ २७ गते शुक्रबार दिउँसो २ बजे देखि प्रत्येक दिन (सार्वजनिक विदाको दिन बाहेक) अग्रिम बुकिङ्ग खुल्ला गरिएको पोखरेलले जानकारी दिए ।

हाल अनलाईन फारम भर्दा धेरै त्रुटीपूर्ण विवरणहरु भर्ने गरिएको, आवश्यक कागजातहरु अपलोड नगरिएको, सम्बन्धित आवेदक भन्दा फरक व्यक्तिको विवरण कागजातहरु अपलोड हुने गरेको समेत पाइएको हुँदा अनलाइन फारम भर्दा सहि, स्पष्ट विवरण र आवश्यक कागजातहरु समेत अपलोड गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवाग्राहीलाई अनुरोध गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।