काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा स्थानीय तह स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिा र प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नाराका साथ आगामी फागुन ३ देखि ६ गतेसम्म हुने गाउँपालिकाका प्रवक्ता धनबहादुर तामाङले जानकारी दिएका छन् ।

प्रतियोगितामा गाउँपालिका भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुले भाग लिने प्रवक्ता तामाङले बताए । प्रतियोगिता वडा नं. ५ मा रहेको तिर्थ स्मृति खेल मैदान र श्री जागृति मावि क्यौरेनीमा हुने उनले जानकारी दिए ।

Comments

comments