काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलमा रहेको तिमाल सिर्जनशील बचत तथा ऋण सहकारी सस्था लि. को १५ औं बार्षिक साधारणसभा सभा सम्पन्न भएको छ । साधारण सभाको वडा अध्यक्ष प्रेमबहादुर लामाले एक कार्यक्रमका बीच शनिबार उद्घाटन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष लामाले सहकारी अर्थतन्त्रको खाम्बा भएको बताउँदै सहकारीले सामूहिक भावनाको विकास गरेको बताए । समाजवादको आधार नै सहकारी भएकोले समाजलाई सहकारीकरण गर्नुपर्नेमा जोड दिँदै लामाले सहकारीकरण अभियानलाई वडाले सहयोग गर्ने बताए ।

वडा अध्यक्ष लामाले स्थानीय सरकारबाट सँस्थाको लागी गर्नु पर्ने जुन सुकै सहयोग गर्न कन्जुस्याइँ नगर्ने र कृषकहरुलाई रासायनिक मल खरिद गर्दा लाग्ने दुवानी खर्च वडा कार्यलयबाट उपलब्ध गराउने प्रतिबद्ध व्यक्ति गरे ।
निर्मला प्राथमिक विद्यालयको प्राङ्गणमामा सस्थाको अध्यक्ष पासाङ लामाको सभापतित्वमा भएको कार्यक्रममा सस्थापक अध्यक्ष टंक मान लामा, सामुदायिक सिकाइ केन्द्र तेमाल–६ ठुलोपर्सेलको अध्यक्ष एबं सँस्थाको सस्थापक सचिव गोबिन्द राज मैनाली, बाह्रा तिमाल साना किसान सहकारी सस्थाका अध्यक्ष सन्जय लामा लगायतले सहकारी संस्थाकोबारेमा आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम सन्चालन संस्थाका सचिव सुमन राना मगरले गरेका थिए । कार्यक्रममा सँस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष जित बहादुर लामाले र वार्षिक प्रगति प्रतिबेदन सँस्थाको सचिव उमा मोक्तानले प्रस्तुत गरेका थिए ।

साथै सँस्थाको वार्षिक भावी कार्ययोजना सँस्थाका अध्यक्ष पासाङ लामाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थामा जेष्ठ नगारिक खातामा बचत गर्ने जेष्ठ सदस्यहरुलाई सँस्थाको अध्यक्ष पासाङ लामाले प्रमाणपत्र र वडा अध्यक्ष प्रेम बहादुर लामा द्वारा दोसल्ला ओढाएर सम्मान गरेका थियो ।
सँस्थाले श्री पन्चकन्या मा. बि. बाट एसईई उतिर्ण गरी पन्चकन्या मा. बि.मा कक्षा ११ मा अध्ययनरत सस्थाका २ जना शेयर सदस्यहरुको बालबालिकालाई नगद रु १ हजार सहित प्रमाणपत्र प्रदान गरी छात्रवृत्ति बितरण गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























