अशाेक बुद्ध लामा

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेवेँशीमा अवस्थित सगुन विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा ‘सगुन सँगालो’ नामक मासिक भित्ते पत्रिका प्रकाशनको सुरु गरेको छ । आइतबारबाट प्रकाशन थालिएको विद्यालयले जनाएको छ ।

भित्ते पत्रिकामा विद्यार्थीहरुद्वारा रचना गरिएको विभिन्न हस्तलिखित रचनाहरु कविता, कथा, निबन्ध, गीत, मुक्तक सुसेली, विभिन्न समसामयिक र ज्ञानबर्धक रचनाहरुलाई समावेश गरिएको छ । यसलाई उनीहरुले ड्रइङ पेपररमा हातले नै लेखेर आकर्षक तरिकाले तयारी गरेको छ ।

विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभाहरुलाई प्रस्फुटन गराउने उद्देश्यका साथै समाजमा विद्यमान कुरीतिहरुलाई न्यूनीकरण गर्नको लागि सुसन्देश फैलाउनु पनि यसको मुख्य उद्धेश्य रहेको विद्यार्थीहरुले बताएका छन् । यसका साथै भावी दिनहरुमा समाजमा विद्यमान अवस्थामा रहेको विभिन्न कुरीतिहरु धूम्रपान, मद्यपान, बालविवाह, दाइजोप्रथा जस्ता कुसंस्कारलाई न्यूनीकरण गर्न अब छिट्टै सडक नाटक गर्ने योजना गरिने पत्रिकाका सम्पादक सिम्रीका अधिकारीले बताईन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।