काभ्रे जिल्लाको रोशी गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशी माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । रोशी गाउँपालिका वडा नं. ७ कटुन्जेमा रहेका रोशी मा.वि.ले ८ ओटा स्वर्ण पदक सहित अन्य विधामा दोस्रो स्थान २ वटा र ५ वटा विधामा तृतिय स्थान हासिल गर्न सफल भएको हो ।

त्यसैगरी प्रतियोगितामा वडा नंं ६, सिपालीमा रहेको हिमालय माध्यमिक विद्यालयले द्धितिय स्थान हासिल गर्न सफल भएको छ । हिमालयले ६ स्वर्ण, ५ विधामा द्धितिय र ६ विधामा तृतिय स्थान हासिल गर्न सफल भएको थियो ।

यसैबीच वडा नं. ११ मा रहेको पोक्रा माध्यमिक विद्यालयले तृतिय स्थान हासिल गर्न सफल भएको छ । उक्त विद्यालयले ४ स्वर्ण, ७ विधामा द्धितिय र २ विधामा तृतिय स्थान हासिल गर्न सफल भएको थियो ।

समापन कार्यक्रम रोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक विन्दु प्रसाद ढुंगानाको सभापतित्वमा गाउँपालिका प्रमुख दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा (ज्वाला), जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर लामा, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि बहादुर बस्नेत लगायत माध्यमिक विद्यालयको प्रधानाध्यापकहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगितामा २४ विधाका खेलहरुसमावेश रहेको शिक्षा शाखाका प्राविधिक सहायका राजेन्द्र सिग्देलले जानकारी जानकारी दिए ।

Comments

comments