नेपाली काँग्रेस, काभ्रेले आफ्नो पार्टी निटक नेपाल शिक्षक संघ काभ्रेका स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरुको एक दिने अन्तरक्रिया तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय बनेपामा सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि तथा नेपाली काँग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा सदस्य सांसद तिर्थ लामाले समाजलाई सभ्य बनाउन महत्वपूर्ण भूमिका रहेको बताए । ‘शिक्षक सधै सबैसँग नजिक रहने हुनाले समाजलाई सभ्य बनाउन महत्वपूर्ण भुमिका रहनुपर्छ ।’ सांसद लामाले भने, ‘सबै व्यक्तिसँग घुलमिल हुनुपर्छ । साथै शिक्षक सबैको प्रेरणाको श्रोत पनि भएकोले शिक्षकको हकहितका लागि पार्टी सदैव साथ र सहयोग गर्न तयार छ । त्यसैले विधि र विधानमा टेकेर काम गर्न म सबै शिक्षकहरुलाई सुझाव दिन चाहन्छु ।’

कार्यक्रममा नेपाल शिक्षक संघ काभ्रेको १३ वटै स्थानीय तहमा नवनिर्वाचित पदाधिकारीहरुको सहभागीता रहेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ संघीय उपाध्यक्ष भोला रिजाल, नेपाल शिक्षक संघ बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिना, नेपाली काँग्रेसका जिल्ला सचिवद्वय, उपसभापतिद्वय, नेपाली काँग्रेस ट्रेड युनियन लगायतका अतिथहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ काभ्रेको अध्यक्ष राजेशराज महतले गरेका थिए भने सञ्चालन नेपाल शिक्षक संघ जिल्ला सचिव सम्भु प्रसाद घिमिरेले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।