ललितपुर  । युवा गायक रमित लामा र चर्चित गायिका सुमिना लो को सुमधुर आवाजमा रहेको “एला लागिरी”अर्थात् “तिम्रो लागि”बोलको गीतका म्युजिक भिडियो सार्वजनिक भएको छ।

तामाङ समुदायको पहिलो गायक तथा लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा मंगलबार लेकाली ढिटो तथा थकाली भान्छा घर एण्ड सेकुवा कर्नर महालक्ष्मी ललितपुरमा पत्रकार सम्मेलन गरी उक्तको म्युजिक भिडियो बजारमा ल्याएको हो।

तामाङ सांगीतिक क्षेत्रमा अर्को नयाँ माया प्रेम गीत “एला लागिरी”बोलको गीत थपेको छ । विशेष गरेर माया प्रेमसंग सम्बन्धित गीत हो। माया प्रेम गर्ने जोडीहरुले एकपटक हेर्नू नै म्युजिक भिडियो बनेका छन् ।
माया को ?ममता के हो? मायामा के हुनुपर्छ? भन्ने कुरा यस गीतबाट प्रष्ट बुझ्न सकिनेछ ।

प्रेम दिवसको दिन विष्णु ग्लान तामाङको प्रस्तुतिमा निर्माण गरिएको तामाङ प्रेमगीत “एला लागिरी”
शब्द विष्णु ग्लान तामाङको शब्द ,चर्चित संगीतकार तथा गायक निमा दोङको संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा मोडल तथा विष्णु ग्लान तामाङ र रोशनी श्रेष्ठले मुख्य अभिनय गरिएको छन्।भने निर्देशक अजय स्याङ्तानले निर्देशित भिडियोलाई छायाङ्कन तथा सम्पादन भने बिक्रम लामाले गरेका हुन्।

काभ्रे जिल्लाको रमणीयधुलिखेल र ललितपुरको गोदावरी क्षेत्रको दृश्य यस म्युजिक भिडियोमा देख्न सकिन्छ ।भने उक्त भिडियो सार्वजनिक कार्यक्रमको बिशेष अतिथिमा तामाङ कलाकार संघको प्रमुख सल्लाहकार चर्चित गायक संजिव वाइवा र सन्तोष श्रेष्ठ रहेको थियोे भने अतिथिमा तामाङ कलाकार संघको सचिव सुवास मोक्तान ,तामाङ कलाकार संघको खेम मोक्तान,गीतकार कुमार स्याङबा मोडल तथा समाजसेवी फुर्वादोर्जे मोक्तान, गायक तथा संगीतकार विहिन दोङ,मोडल मिलन थिङ,(पाराङ) लगायतका अन्य अतिथिहरुको उपस्थिति रहेको थियोे ।

यस् गीत Voice of Selo युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भने पत्रकार सम्मेलन विष्णु ग्लान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चारकर्मी सुदिन दोङले सञ्चालन गरिएको थिए।

भिडियो यस्तो छन् हेर्नुस् ।

Comments

comments