काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५, याङबेलमा छ्योर्तेन शिलान्यास गरेका छन् । बुधबार गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा र उपाध्यक्ष दलमान थोकरले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

छ्योर्तेन शिलान्यास गर्दै अध्यक्ष लामाले बौद्धमार्गीहरुको पवित्र स्थल तेमालमा छ्योर्तेन निर्माणले धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने बताए । तेमाल गुरु ह्रेम्पोर्छेले तपस्या गरेको पवित्र स्थल भएकोले छ्योर्ते निर्माण सार्थक रहेको उनको भनाई थियो । छ्योर्तेन निर्माण समयमै सम्पन्न गर्न अध्यक्ष लामाले उपभोक्ता समितिलाई निर्देशन समेत दिएका छन् ।

यसैबीच उपाध्यक्ष थोकरले तेमाललाई धार्मिक पर्यटन विकासमा जोड दिने गाउँपालिकाको उद्देश्य भएकोले छ्योर्तेन निर्माणले गाउँपालिकाको उद्देश्य पूरा हुनेमा विश्वास व्यक्त गरे । तेमालको समृद्धिको मुख्य आधार धार्मिक एवं साँस्कृतिक पर्यटन भएकोले आफूहरुले छ्योर्तेन, गुम्बा र अन्य धार्मिक स्थलको निर्माणमा जोड दिएको बताए । उनले गाउँपालिकामा पर्यटन विकासको लागि गुरुयोजना निर्माण गरेर अघि बढ्ने बताए ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत केदारप्रसाद ढकाल, वडा अध्यक्ष हजार सिं लामा, प्रमुख इन्जीनियर राम प्रसाद पौडेल, लामा गुरु ज्यामयाङ लामा लगायतका सहभागी थियो ।

वागमती प्रदेशको आर्थिक वर्ष २०७९।८० को स्वीकृत योजना अनुसार नाम्गेल छ्योर्तेन निर्माणको लागि २५ लाख बजेट बिनियोजन गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानुलाल लामाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।