काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा लैंगिक हिंसा सम्बन्धि अन्तरकृया कार्यक्रम हुने भएको छ । महिला तथा बालबालिका शाखा प्रमुख दिपा नेपालीका अनुसार गाउँपालिकाको आयोजनामा हुने सो अन्तरकृया कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने भएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, न्यायिक निकाय (मेलमिलापकर्ताहरु), सरकारी कर्मचारी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयमसेविका तथा प्रहरी कर्मचारीहरुको सहभागी रहने शाखा प्रमुख नेपालीले बताए ।

यस्तो छ कार्यक्रम तालिका

१. वडा नं. १, २  र ३ मा माघ ११ गते  विहान ११ बजे २ नं. वडा कार्यालय

२. वडा नं. ४, ५, ६ र ७ मा माघ १२ गते विहान ११ बजे तेमाल गाउँपालिका कार्यालय पोखरी नारायणस्थान ।

३. वडा नं. ८ र ९ मा माघ १३ गते विहान ११ बजे मेच्छेपौवा (सामुदायिक स्वास्थय इकाई)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।