बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस् अवार्ड–२०८० को आवेदन फारम खुल्ला गरेको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा पत्रकार सम्मेलन गरी अवार्डको आवेदन फारम खुला गरिएको हो ।
बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले ८० बिधामा गर्न लागिएको अवार्डको लागि ०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम खुल्ला रहने जानकारी दिए । उनको अनुसार अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजानिक गरिने बताए ।
आवेदन फारम कmकब।दष्चष्कगलभधक।अयm क्लिक गरी अनलाइनबाट भर्नुका साथै फारमको दर्ता शुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिने आयोजकले जनाइएको छ । फारम दर्ता शुल्क नेपालबाट एक हजार रुपैँया र बिदेशबाट १ हजार ५ सय रुपैँया लाग्नेछ ।
मिडिया संयोजन प्रकाश बराइली ‘अभिव्यक्ती’ले अवार्डमा एस. एम. एस. भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत हुने बताए । अवार्डमा ०७७ चैत्र २५ गतेदेखी २०७९ चैत्र ११ गतेभित्रका गीत संगीतलाई समावेश गरिने छ ।
बिरिसु मिडियाका अध्यक्ष लोप्चनले गीत, संगीत, टेलिसियल तथा कलासँग सम्बन्धित सबै पक्षलाई समेटेर ती क्षेत्रमा योगदान पुर्याउने सबैलाई सम्मानसँगै अवार्ड समेत प्रदान गरिने बताए । त्यस्तै उनले खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रबाट समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई समेत सम्मान गरिने बताए ।
अवार्डको आवेदन फारम भर्न बिग परिवेश स्टुडियो अनामनगर ९८५१०५३०५२ (मनोज डंगोल), डाँडापारि सन्देश साप्ताहिकको कार्यालय बनेपा ९८४९८७८१८४ (इकमान लामा), विराटनगर ९८४३८३३३९२ (ज्ञान गुरुङ), पोखराको लागि सुदर्शन रन्जित ९८०६६०२५००, इटहरी पुर्वाञ्चल रेकर्डिङ स्टुडियो (रुद्र श्रेष्ठ ९८१५३०६७१७), गोङगबु ९८४१६१६९९७ (लक्षु प्रकाश मल्ल, बिरिसु मिडिया ९७६२४५२२९७, बौद्धको लागि बैरागी मोक्तान ९८६५०९१२१९९, कमलादी नरेन भट्टराइ ९८४८७९८००३ र ९८५११९५२९० प्रकाश बराइलीलाई सम्पर्क गर्न सकिने छ ।
डिबी बम्जनको प्रमुख आतिथ्यता तथा राजाकुमार रायमाझीको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।