काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष देवराज तामाङ आर्थिक वर्ष २०७९।०८० को योजना कार्यन्वयनमा व्यस्त छन् । प्रदेश, गाउँपालिका र वडा स्तरीय योजनाहरु धेरै वटा सम्पन्न भएको छ भने केही बाँकी रहेको छ ।
जनताको समस्या, आवश्यकता र माग अनुसार योजना समयमै सम्पन्न गर्न वडा अध्यक्ष तामाङले आफ्नो सक्रियता बढाएका छन् । सक्रियता बढाएसँगै वडा स्तरीय योजनाहरु ९५ प्रतिशत सम्पन्न गर्न सफल भएको छ भने पालिका स्तरीय र प्रदेश स्तरीय योजनाहरु समेत कार्यान्वयन सम्पन्न भएको छ । केही भने बाँकी छ ।
‘जनतासँग गरेको बाचा पूरा गर्न म दिनरात नभनिकन योजना कार्यान्वयनमा लागेको छु । सकेसम्म बैशाखसम्ममा सबै योजना सम्पन्न गर्ने योजनामा छु ।’ तामाङले भने, ‘विगतमा योजना कार्यान्वयन असार केन्द्रित भएको पाइएको छु । आर्थिक वर्षको अन्तिममा कार्यान्वयन सम्पन्न गर्ने परिपाटीको अन्त्य गर्न म सक्रिया भएको हुँ ।’
हालै तेमाल गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा ६ महिने अवधिको समिक्षा भएको छ । सो ६ महिनामा वडा अध्यक्ष तामाङले सम्पन्न गरेका दर्जनौं योजनाहरु रहेका छन् ।
उनले सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याएका छन् भने २ दिन स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । टोल–टोलमा जनजागरण अयिभान, ३ जनालाई अपंगता परिचयपत्र वितरण, १ जना आधारभूत तहको शिक्षकको व्यवस्था समेत गरेका छन् ।
विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत एसईई परिक्षामा सर्वोत्कृष्ट भएका विद्यार्थीलाई १ लाख सम्मको पुरस्कारको समेत व्यवस्था गरेका छन् ।
सम्पन्न भएका वडा स्तरीय योजनाहरु
१. कोटतेमाल लौखानी छापडाँडा वडा कार्यलय सडक सोलिङ रु. ७ लाख ।
२. कालिमटि लप्से सिमलचौतारा फुलडाँडा बिमिरे वडा कार्यलय सडक ग्राबेल, ब्रेकर स्तरोन्न्ती रु. ७ लाख ।
३. आम्बोटे तिलखोरिय डडेनपाखा सहिद कमल कृषि सडक निर्माण रु. ७ लाख ।
४. मयलचौर सानोघर कृषि सडक ग्राबेल तथा स्तरोन्न्ती रु. ४ लाख ।
५. रक्सेडाँडा माझगाउँ घ्लानटोल सडक ग्याबिन वाल निर्माण रु. ५ लाख ।
६. पार्थुम डाँडा खानेपानी रु ३ लाख ।
७. तिनपिप्ले चिहान डाँडा सत्तल मर्मत तथा मुर्दघर निर्माण चुखा रु. २ लाख ।
८. कालीदेवी मन्दिर निर्माण रु. २ लाख ।
९. सहिद स्मारक पार्क निर्माण (क. कमल, क. नदि) रु.१ लाख ।
१०. मास्लो चिहानडाँंडा सत्तल निर्माण डाँडागाउँ रु. ४ लाख ।
११. जमुना चौतारा माने निर्माण डाँडागाउँ रु. ४ लाख ।
सम्पन्न भएका पालिका स्तरीय योजनाहरु
१. सिंगानेडाँडा भोकटार भञ्ज्याङ् चौतारा सडक स्तरोन्न्ती रु ५ लाख ।
२. सुनकोशी घरेटार लिप्टिङ सिंचाई रु. २ लाख ५० हजार
३. याङथुममान गुम्बा शौचालय निर्माण रु. ३ लाख ।
४. फुलडाँडा लप्से सडक जोडने कार्य साथै स्तरन्न्ती रु ६ लाख ।
५. भुपालेश्वर मास्लो सिंगाने डाँडा सडक ग्याबिन वाल निर्माण तथा स्तरोन्न्ती रु. ४ लाख ।
६. श्री सर्बोद्धार मावि अफिस ब्यबस्थापन रु २ लाख ।
७. साल चौतारा माझिडाँडा अधुरो सडक निर्माण रु ५ लाख ।
सम्पन्न भएका प्रदेश स्तरीय योजना
१. सर्बोद्धार मावि पहिरो नियन्त्रण, मयलचौर मेसिनरी वाल निर्माण रु. १० लाख ।
२. २ नं. वडा कार्यलयको पहिरो नियन्त्रण मेसिनरि वाल निर्माण रु. १५ लाख ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















