काभ्रे जिल्लको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) स्वास्थ्यकर्मीहरु लिएर जनताको घरदैलोमा पुगेका छन् । जनताको आधारभूत स्वास्थ्य समस्यादेखि जटिलखालको स्वास्थ्य समस्यालाई दृष्टिगत गरि अध्यक्ष थिङले दक्ष स्वास्थ्यकर्मी लिएर गाउँपालिका पुगेका हुन् ।

बुधबार अध्यक्ष थिङले गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमबिच शीर मेमोरियल अस्पतालका प्रमुख डा. हेक्टर गायारेस, मानसिक विशेषज्ञ डा. जाई गायारेस, डा. एन्जेला बस्नेतसँगै मेडिकल अफिसर डा. रवि विक्रम शाह, स्त्रीरोग विशेषज्ञ डा. लिमु शाह, रेडियो लोजिस्ट डा. सुरज शर्मा, रितुपुर्ण श्रेष्ठ, पुकार श्रेष्ठ, रमेश श्रेष्ठ, सिता गुरुङ लगायतका टोलीलाई स्वागत गरेका छन् ।

गाउँपालिका अध्यक्ष थिङका अनुसार अस्पतालका प्रमुख डा. गायारेसको टोली गाउँपालिकाको आयोजनामा हुन लागेको आँखा र महिलाको प्रजनन् रोग सम्बन्धी स्वास्थ्य शिविरको लागि खानीखोला आइपुगेको हो । खानीखोला गाउँपालिकाको आयोजनामा शीर मेमोरियल अस्पताल, बनेपा तथा समुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आँखा र महिलाहरुको प्रजनन् रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालनको लागि स्वास्थ्यकर्मीहरु पुगेको उनले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविर २०७९ फागुन ११ गते खानीखोला–२ स्थित् फलामेटार स्वास्थ्य चौकीमा, महिलाहरुको आङ खस्ने तथा पाठेघर मुखको क्यान्सर सम्बन्धि जाँच र उपचारसँगै फागुन १२ शुक्रबार गते वडा नं. ५ मा रहेका ताल्ढुंगा स्वास्थ्य चौकीमा, महिलाको आङ खस्ने तथा पाठेघर मुखको क्यान्सरसँगै मोतिविन्दु सम्बन्धी स्क्रिनिङ तथा उपचार हुने गाउँपालिकाको अध्यक्ष थिङले जानकारी दिए ।

त्यस्तै वडा अध्यक्ष तथा समाजिक विकास शाखा प्रमुख निशान मोक्तानले शुक्रबार अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरणका साथै गत आर्थिक वर्षहरुमा भएको अपाङ्गता परिचयपत्रको समेत अद्यावधिक गर्ने जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्षहरु बुद्धिबहादुर स्याङ्तान, बृहस्पति घिसिङ र निशान मोक्तान, शिक्षा शाखाका चक्रबहादुर थापा, स्वास्थ्य शाखाका प्रमुख रामपुरका यादवसँगै गाउँपालिकाका अनमीहरुको उपस्थिति रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।