काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाका विद्यार्थीहरुको आँखा जाँच र गाउँपालिकाभित्रका अनमीहरुलाई प्रशिक्षण दिएको छ । शीर मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाबाट आएका डाक्टरहरुले विद्यार्थीको आँखा जाँच र अनमीहरुलाई प्रशिक्षण दिएका हुन् ।

शीर मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डा. एन्जेला बस्नेत, रितुपुर्ण श्रेष्ठ सहितको टोलीले खानीखोला–५ स्थित् जनविकास माविका विद्यार्थीहरुको आँखा जाँच गरेका छन् ।

त्यस्तै अस्पतालका मानसिक विशेषज्ञ डा. जोई गायारेसको टोलीले गाउँपालिकाका अनमीहरुलाई भिआईए परिक्षण (पाठेघर मुखको क्यान्सर), अवार्डनेससँगै मानसिक रोगका विषयमा प्रशिक्षण दिएका छन् ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले प्रशिक्षणबाट गाउँपालिकाका स्वास्थ्यकर्मी (अनमी)हरुले महत्वपुर्ण कुरा सिकेको विश्वास गर्दै यसले खानीखोलाको स्वास्थ्य सेवामा थप मद्दत पुग्ने बताए । दुई दिने निशुल्क स्वास्थ्य शिविरमा उपस्थिति भई स्वास्थ्य सेवा लिन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला