काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रयोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि चण्डेनी माविले हात पारेको छ ।

चण्डेनी माविले ८ वटा स्वर्ण पदक, १० वटा रजक पदक र ५ वटा कास्य पदक गरी २३ वटा पदक सहित पहिलो भएको हो । प्रतियोगितामा डेडीथुम्का मावि महादेवस्थानले ६ वटा स्वर्ण पदक, १ वटा रजक पदक र १ वटा कास्य पदक दोस्रो स्थान हासिल गरेको छ भने डेडीथुम्का मावि ढोडिनी ५ वटा स्वर्णपदक, ४ वटा रजत पदक र २ वटा कास्य पदक सहित तेस्रो भएको छ ।
प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा सामुदायिक र ३ वटा संस्था गरी १६ वटा माध्यामिक विद्यालयका ९६२ जना खेलाडी सहभागि भएका थिए । भलिबल, एथ्लेटिक्स र कबड्डी विधाका खेल प्रतियोगितामा खेलाइएको थियो ।
Comments