बगलीमाराको आरोपमा काभ्रेमा २ जना पक्राउ भएका छन् । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार गत माघ २ गते बनेपा नगरपालिका वडा नं. ७ तरकारी बजार स्थित धुलिखेलबाट काठमाण्डौ तर्फ जादै गरेको बसमा बगली मारेका थिए ।
प्रहरीका अनुसार उनीहरुले चौरीदेउराली गाउँपालिका वडा नं. ०५ बस्ने टेक प्रसाद चौलागाईको ज्याकेटको पकेटमा रहेको नगद रु. २० हजार बगली मारी चोरी गरेका थिए ।
पक्राउ पर्नेहरुमा तनहुँ सुक्लागण्डकी नगरपालिका वडा नं. १ घरभई हाल काठमाण्डौ जिल्ला काठमडौं–११ बानेश्वर बस्ने बर्ष २६ को उत्तम कार्की, काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २७ को बिनोद थापा मगर, धाडिङ जिल्ला धुनिबेशी नगरपालिका वडा नं. २ बस्ने बर्ष २९ को कुमार वि.क. रहेका छन् ।
कार्कीलाई घट्नास्थलबाटै पक्राउ गरिएको थियो भने मगरलाई भक्तपुर स्थित चाँगुनारायणबाट र विकलाई भक्तपुर स्थित मध्यपुर ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई काभ्रे जिल्ला अदालतबाट मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४१ चोरी गर्न नहुने मुद्धा शिर्षकमा ७ दिनको म्याद थप अनुमती प्राप्त भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















