बनेपा स्थित समाजसेवी अनिला कायस्थले धुलिखेल–७ स्थित श्री बाल मन्दिर आधारभुत बिद्यालयका १२२ जना विद्यार्थीलाई कपडा वितरण गरेका छन् । कायस्थका स्व. पिता राम चन्द्र कायस्थको १५ औ पुन्य तिथिको अवसरमा विद्यार्थीलाई कपडा वितरण गरेका हुन् ।
वितरण कार्यक्रममा प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, विशिष्ट अतिथिमा शिषा शाखा प्रमुख भोजराज ठकुरी, प्रधानाध्यापक तोयानाथ उप्रेती, सवर कुमार प्रजापती, एलिना श्रेष्ठ, एलिसा श्रेष्ठ र अभिलाषा श्रेष्ठ लगायतका सहभागी थियो ।
यस अघि पनि कायस्थले विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री तथा कपडा वितरण गर्दै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























