काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । श्री कल्याणकारी बहु-उद्धेश्यीय सहकारी संस्था लि. को आयोजनामा शनिबार १ दिने तालिम सम्पन्न भएको हो ।

देशब्यापी सहकारी संस्थामा भैरहेको असामान्य अवस्थामा आफ्ना सदस्यहरुलाई सचेत गराउदै, सहकारी शिक्षा फैलाउने उद्धेश्यले सो तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष लक्ष्मण गौतमले जानकारी दिए ।

तालिम कार्यक्रमको उद्घाटन चौंरीदेउराली गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष तथा संस्थाका निःवर्तमान अध्यक्ष चित्र प्रसाद चौलागाई र संस्थाका अध्यक्ष लक्ष्मण गौतमले पानसमा बत्ती बालि गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाल अध्यक्ष चौलागाईंले संस्थालाई आवश्यक र वडा कार्यालयले गर्न सक्ने सबै कार्यमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

तालिममा बिबेक राज ठकुरीले सहकारी के हो ? के गर्नु पर्छ ? के गरिरहनु भएको छ ? मर्म र भावना अनुरुप काम भएका छन् छैन? सदस्यले आफ्नो जिम्मेवारी पुरा गरेका छन् छैनन् जस्ता विषयहरुमा सहजीकरण गर्नुको साथै सदस्य, बचत, ऋण र बहु-उद्धेश्यीय सहकारी संस्थाले गर्नु पर्ने र सेवा दिनुपर्ने विषयलाई प्रकाश पारेका थिए ।

सो अवसरमा सहभागीहरुलाई सहकारीका सिद्धान्त र सो को ब्यबहारिक कार्यान्वयन, बचत के हो? पैसा बचाउने र धनि हुने तरिका, ऋण के हो? ऋणी सदस्यको कर्तब्य के के हुन?, सहकारी र बैंकको फरक, सहकारीको बर्तमान अवस्था, हल्ला र वास्तविकता जस्ता विषयहरुमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा अध्यक्ष गौतमद्वारा संस्थाको विगत ७ वर्ष देखिको आर्थिक परिशुचक रेखा चित्रद्वारा प्रस्तुत गर्नुको साथै संस्थाले यस वर्ष गरिरहेको मुख्य कार्यहरु बँुदागत रुपमा प्रस्तुत गरेका थिए ।

संस्थाले कार्यक्षेत्र भित्रका कृषकहरुलाई समयमै रासायनिक मल वितरण, कृषि यान्त्रीकरणको लागि ट्याक्टर लगाएत किटनाशक औसधिको ब्यबस्थापन गरिरहेको, कृषि उब्जनीलाइ सहर बजारसम्म पुर्याउन र बिक्रि वितरण गर्नको लागि कालिमाटी तरकारी तथा फलफुल बजारमा बिक्रि केन्द्र राख्नको लागि स्टलको प्रस्ताव पेश गरेको र सो को निणर्य भइ आएमा कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल कहिल्यै खेर जान नपाउने र कृषकलाई थप उत्पादन र ब्यबसायी बनाउन उर्जा मिल्ने बताए ।

संस्थाका ब्यबस्थापक रुपा दाहालले आगामी दिनमा अझ धेरै शिक्षा, समुदाय लक्षित कार्यक्रमहरु गर्दै जाने बताउँदै सक्रिय हुँदै कबुल गरे अनुरुप आर्थिक क्रियाकलापमा समेत जिम्मेवारी पुरा गर्न अनुरोध गरिन्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।