नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासंघ, नेपाल र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार बनेपामा एक कार्यक्रमका बीच अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले पेशागत महासंघ नेपाल काभ्रे जिल्ला समिति अध्यक्षतमा राम प्रसाद बडाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि अधिवेशनले उपाध्यक्षमा खुमराज केसी, महिला उपाध्यक्षमा शान्ती लामा, सचिबमा रमिला श्रेष्ठ, सह–सचिबमा कृष्णराज श्रेष्ठ, कोषाध्यक्षमा सरिता लामा सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा बोध कुमारी तामाङ, प्रमात्मा पराजुली, योगेश लम्साल, शान्ती दनुवार, गंगाराम ठकुरी, रन्जु पराजुली, सन्जीब भन्डारी, प्रमिला बराल, डा. सन्तोष गौतम, नारायण बिष्ट, भिमसेन केसी, निर्मल राज गौतम रहेका छन् ।

यसैबीच प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रे जिल्ला समितिको अध्यक्षमा प्रेम बहादुर बस्नेत उपाध्यक्षमा रमेश प्रसाद लम्साल, महिला उपाध्यक्ष रेश्मा थापा, सचिबमा कान्छामान तामाङ, सह–सचिब श्याम बहादुर तामाङ, सह–सचिबमा उजेली वाइबा, कोषाध्यक्षमा प्रल्हाद दाहाल, सह–कोषाध्यक्षमा सुन माया योन्जन सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा जीबनाथ ढकाल, खुमराज केसी, गंगाराम ठकुरी, रामबाबु खत्री, बिष्णु सापकोटा, अनिल श्रेष्ठ, हरिबोल श्रेष्ठ, राम कुमार कायस्थ, कमल नारायण श्रेष्ठ, हरि प्रसाद तिमल्सिना, ऋषिराम सापकोटा रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।