काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको सहकारी भवन गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङद्वारा एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । आइतबार तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष तामाङले भवनको उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष दलमान थोकर, पूर्व गाउँपालिका अध्यक्ष सलामसिं तामाङ, वडा नं. १ का वडा अध्यक्ष इन्द्र अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर लामा, संस्थाको संस्थपक सत्तरसिं लामा लगायतका अतिथिहरुको सहभागीता थियो ।
संस्थाको अध्यक्ष सार्कीमान तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव इन्द्रमान तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























