भक्तपुर । युवा गायक तथा संगीतकार विहिन दोङको संगीतमा रहेको नयाँ प्रेमगीत “सेम तिङ”मोडल विशाल लामा र अमृता दोङको अभिनयमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शनिबार समाजसेवी सुब्बा लामाको प्रमुख आतिथ्यतामा सुर्याविनायक स्थिति भक्तपुरमा एक पत्रकार सम्मेलन गरि उक्त गीत बजारमा ल्याएको हो।
जीवन वाईवाको शब्द र युवा गायक तथा संगीतकार विहिन दोङ र दिपा तामाङको आवाज रहेको छन् ।
भिडियो तर्फबाट चर्चित निर्देशक अजय स्याङतानले निर्देशन गरेको भिडियोलाई छायांकन , ड्रोन क्याप्टेनमा बल कुमार मगरले छायांकन गरिएको हो।
गीतको एरेञ्ज, मिक्सिङ वाङचु फ्युवाले गरेकोे हो भने भिडियो कलर राजेन्द्र मोक्तानले गरिएको हो।उक्त गीतको म्युजिक भिडियो ह्याङला टिभीको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।
उक्त पत्रकार सम्मेलनमा विशेष अतिथि राष्ट्रिय तामाङ घेदुङको साँस्कृतिक विभाग अध्यक्ष अभिषेक तामाङ, युवा गीतकार कुमार स्याङबा र गीतकार ज्ञानदास तामाङ रहेको थियोे भने अतिथिमा गायक तथा संगीतकार निमा दोङ,मोडल लाक्पा लामा, प्रयास वाइवा लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।
उक्त पत्रकार सम्मेलन गायक तथा संगीतकार विहिन दोङको सभापतित्वमा भएको कार्यक्रमलाई पत्रकार सुदिन दोङले सञ्चालन गरेको हो।