काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादर तामाङले २ महिने गलैंचा बुनाई तालिमको उद्घाटन गरेका छन् । गाउँपालिकाको वडा नं. ८, ल्होङसालमा सञ्चालन हुने उक्त तालिमको अध्यक्ष तामाङले एक कार्यक्रमका बीच मंगलबार उद्घाटन गरेका हुन् ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तामाङले तालिमले आर्थिक रुपमा आत्मनिर्भर र स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाली हस्ताकला मध्य गलैंचा अन्तर्राष्ट्रिय जगतमा समेत प्रख्यात रहेको बताउँद्र तामाङले तालिम लिएपछि व्यवहारमा उतार्न सहभागीहरुलाई अनुरोध समेत गरे । साथै उनले आत्मनिर्भर र स्वरोजगार बनाउन गाउँपालिकाले योजना बनाएर अगाडि बढ्ने बताए ।

तालिम कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय काभ्रेको आर्थिक सहयोग, समाज सेवी एबं उद्यमी कर्मध्वज तामाङको लगानी तथा काभ्रेपलान्चोक हस्तकला संघको समन्वयमा सञ्चालन हुन लागेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्री यादबनाथ आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा वडा सदस्य कुसुम तामाङ, घरेलु कार्यालयकै तालिम संयोजक रविन्द्र चौलागाई, लेखापाल ईश्वर कुमार पाण्डे, हस्तकला संघका जिल्ला सचिब रेशम लामाको सहभागी थियो ।
कार्यक्रमको सञ्चालन घरेलुका रबिन्द्र चौलागाईले गरेका थिए भने तालिमको स्थानीय ब्यवस्थापक समेत रहेका देब सिं तामाङले स्वागत मन्तब्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























