काभ्रे जिल्ला युवा समितिको समयोजनमा बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोगमा बनेपामा हेयर कटिङ (बारबर) सम्बन्धी तालिम सुरु भएको छ । मङलबार बनेपामा जिल्ला युवा समिती काभ्रेको अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा घरेलु उद्योग महासघ केन्द्रिय अध्यक्ष रोशनी उपाध्यको प्रमुख आथित्यमा तालिमको उद्धघाटन गरिएको छ ।
तालिम कार्यक्रम उद्धघाट्न गर्दै प्रमुख अथिती उपाध्यले युवाहरुको लागि रोजगार मुलक सिपको आवश्यक रहेको बताइन् । यो बारबरको तालिम सिके पछि युवाहरुले स्वरोजगार बन्न सके र सिपको सहि रुपमा सदुपयोग गर्न सबै सहभागी लाग्नु पर्ने बताइन् ।
काभ्रे जिल्ला युवा समिती अध्यक्ष प्रकाश थापाले अहिले बिदेश जाने युवाहरुलाइ रोक्नको लागि प्रदेश सरकार युवाहरु मैत्री सीप मुलक तालिमहरुमा जोड दिएको बताए । काभ्रेमा विभिन्न ४ तालिमहरु युवा परिषदको समन्यमा सन्चालन हुने काम भएको अबको दिनमा युवाहरुलाइ हातमा सीप सङै रोजगार गर्न चाहने युवाहरुलाइ प्रोत्साहन समेत गर्ने तयारी गरिरहेको अध्यक्ष थापाले बताए । कार्यक्रम बनेपा नगरपालिका वडा न ७ को वडा अध्यक्ष हिटलर शाक्यले युवाहरुले सिक्ने हरेक खाले सिपहरु सिके पछि सदुपयोग गर्न जोड्दिनु पर्ने बताए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल काभ्रे अध्यक्ष रोजन तामाङ, समाजबादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाईं लगायत प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । सिटिभिटी बाट मान्यता प्राप्त उक्त तालिम ६५ दिन ३ सय ९० घण्टाको हुने जनाएको छ । बारबर तालिम बनेपामा रहेको पर्ल ब्युटि पार्लर ट्रेडिङ सेन्टरमा संचालन हुने छ । बनेपामा सन्चालन हुने हेयर कटिङ बारबर तालिममा २५ जना युवाहरुको सहभागी रहने जिल्ला युवा समितिले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















