काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइाले किसानलाई अनुदानमा स्पीयर वितरण गरेका छन् । मंगलबार कुन्ताबेसीमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख वाईबाले सो सामाग्री वितरण गरेका हुन् ।

वितरण कार्यक्रममा उपप्रमुख विष्णुमणी नेपालको पनि सहभागी थियो । नगरपालिकाको ५० प्रतिशत अनुदानमा वडा नम्बर ६ देखि ११ सम्मका ७ सय ५६ जना किसानलाई सो स्पीयर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

आलु पकेट विकास कार्यक्रम मार्फत आलु बाली पकेट ब्यवस्थापन समूहलाई १ सय २६ वटाको दरले स्पीयर वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख गोपाल प्रसाद सापकोटाले जानकारी दिए । यो समूह कार्यक्रम लागु भएका प्रत्येक वडामा गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ र १० मा २०७६ सालदेखि आलु पकेट कार्यक्रम सञ्चालन गरिएको थियो । बाँकी वडामा भने यही वर्षबाट कार्यक्रम विस्तार गरिएको हो ।

स्पीयर वितरण कार्यक्रमका प्रमुख आतिथी एवं नगरप्रमुख टोक बहादुर वाईबाले जतन गरेर चलाउन किसानलाई आग्रह गर्दै नजानेको कुरा नगरपालिका र वडामा रहेका कृषि प्राविधिकसँग सोध्न आग्रह गरे । ‘हामीले यसअघि वितरण गरेका र तपाईहरु आफैले किन्नु भएका कतिपय कृषि औजारहरु जथाभावी राखेको देखिरहेका छाँै । त्यसो नगर्नु होला । यसलाई राम्रोसँग चलाउनुहोस् ।’ नगरप्रमुख वाईबाले भने ।

कार्यक्रममा उपप्रमुख नेपालले किसानहरुको आवश्यकता विस्तारै पुरा गर्दै जाने बताए । ‘हामीले कृषि क्षेत्रको विकासका लागि नयाँ नयाँ कार्यक्रम ल्याएका छाँै । आगामी वर्षदेखि बजेटको पनि उचित ब्यवस्थापन गर्नेछौँ ।’ उनले भने, ‘कृषिलाई थप ब्यवस्थित र आधुनिकरण गर्दै लैजान्छाँै । त्यसमा तपाई किसानहरुको पनि साथ र सहयोग आवश्यक पर्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।