काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका महिलाहरुलाई उद्घोषण तालिम कार्यक्रम शुरु भएको छ । मा दुई दिने उदघोषण तालिम सुरू भएको छ । तालिमको नगर प्रमुख टोकबहादुर वाइबाले एक कार्यक्रमका बीच मंगलबार उद्घाटन गरेका छन् ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको सो तालिममा नगरपालिकाभित्रका १ देखि ६ नम्बर वडाका ३६ जना महिलाहरू सहभागी छन् । तालिम आज र भोलिसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
उदघाटन सत्रको अध्यक्षता उपप्रमुख विष्णु मणि नेपाल रहेका थिए ।
तालिमको उदघाटन कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख वाईबाले तालिमले महिलाहरूलाई थप सक्षम बन्न मद्दत गर्ने बताउँदै विभेद रहित समाज निर्माणमा मण्डनदेउपुर सरकारले काम गर्दै आएको बताए । महिलामाथि विभिन्न लाञ्छना लगाउने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्न समेत स्वयं महिलाहरू जागरूक हुनुपर्नेमा नगरप्रमुख वाइबाले जोड दिए ।
प्रमाणपत्रका लागि मात्रै तालिममा सहभागी नहुन उहाँले आग्रह गर्दै सिकेको सिपलाई ब्यवहारमा लागु गर्न सहभागीहरुलाई अनुरोध गरे ।
उपप्रमुख नेपालले महिला भएकै कारण पछिपरेको अनुभूति नहोस् भन्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै अवसरलाई ब्यवहारिक रूपमा उतार्न आग्रह गरे ।
अर्को तालिम तालिम १८ र १९ गते हुनेछ । उक्त तालिममा वडा नम्बर ७ देखि १२ का महिला सहभागि हुनेछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























