सरकारले काभ्रे स्थित धुलिखेलमा रहेको धुखिलेल सामुदायिक अस्पताललाई करोडौं अनुदार रकम दिएपनि हिसाव नबुझाएको पाइएको छ । सामुदायिक अस्पतालको नाममा वार्षिक रुपमा सरकारले यस अस्पतालाई विभिन्न शिर्षकमा अनुदान दिए पनि हिसाब किताब नबुझाएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालले २०७५÷०७६ मा उपकरण खरिदका लागि पाएको आठ करोड ५० लाख रुपैयाँ बराबरको अनुदानको हालसम्म हिसाब नबुझाएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यसअघि दुई वर्षको आठ करोड ८४ लाख रुपैयाँ अनुदान फछ्र्यौट भएकै छैन । तर सरकारले भने २०७६÷०७७ मा थप १० लाख रुपैयाँ अनुदान थपिदिएको थियो ।

यसैबीच चालू आर्थिक वर्षमा हालसम्म धुलिखेल सामुदायिक अस्पतालले सरकारले थप आठ करोड रुपैयाँ अनुदान लगेको छ । भवन निर्माणका लागि भन्दै मन्त्रालयले धुलिखेल अस्पताललाई आठ करोड रुपैयाँ अनुदान दिएको हो । रकम निकासाका लागि अस्पतालले स्वास्थ्य मन्त्रालयमा प्रक्रिया शुरु गरिसकेको छ ।

सामुदायिक अस्पतालको नाममा यसरी वार्षिक रुपमा राज्यबाट करोडौं रुपैयाँ अनुदान पाएका यस अस्पतालमा उपचारको लागि निक्कै महंगो रहेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।