काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ४ जगथलीमा एड्भान्स सिलाई कटाई तालिम सुरु भएको छ । खानीखोला गाउँपालिका–४ जगथलीको समन्वय र घरेलु तथा साना उद्योग धुलिखेलको आयोनामा एड्भान्स सिलाई तालिम सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष मोक्तानले विपन्न र दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले तालिम सञ्चालन गरेको बताउँदै वडाबासीलाई व्यवसायीक बनाउन वडाले यस्ता तालिमहरु आगामी दिनहरुमा पनि आयोजना गर्दै जाने बताए ।
तालिममा १५ जना महिलाहरु सहभागी रहेका छन । यसका साथै तालिमका सहभागीहरुलाई तिन महिनासम्म सिलाईका लुगाहरु पनि प्रदान गरिएको छ भने १५ थान कैँची पनि प्रदान गरिएको छ ।
बुधबारदेखी सुरु भएको ३ महिने एड्भान्स सिलाई कटाई तालिमको उद्घाटन वडाअध्यक्ष निशान मोक्तान तामाङले गरेका छन् । घरेलु तथा साना उद्योग धुलिखेलका प्रमुख यादबनाथ आचार्यको अध्यक्षतामामा भएको कार्यक्रममा बिशिस्ट अतिथिमा खानिखोला गाउँपालिका शिक्षा शाखाको सहजकर्ता होम बहादुर वाइबा, मुख्य प्रशिक्षक नरु थिङ र कुमारी मा.बि. जगथली को प्र.अ. लाल बहादुर घिसिङ लगायले आ–आफ्नो धारणा राखेका
कार्यक्रमको अन्य अतिथिहरु नर बहादुर थिङ, बिजय कुमार लोप्चन, योजना वाइबा, ओस्मियम पाख्रिन रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य प्रेम बहादुर गुरुङले राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























