बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशबाट अब व्यक्तिलाई अनुदान नदिने घोषणा गरेका छन् । मंगलबार हेटौंडामा आयोजित खाद्य अधिकारसम्बन्धी विद्यमान कानुन र कार्यान्वयनको अवस्थाबारे नीति निर्माताहरुसँगको नीति संवाद कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले यस्तो घोषणा गरेका हुन् ।
व्यक्तिलाई अनुदान दिँदा वास्तविक किसान भने सधैं मारमा पर्ने भएकोले प्रदेश सरकारले नयाँ ढंगले काम गर्ने बताउँदै जमकट्टेलले व्यक्तिलाई अनुदान दिने नीतिलाई नबदलेमा जति बजेट छुट्याए पनि, अनुदान दिए पनि केही उपलब्धि नहुने बताए ।
समुदाय लक्षित अनुदान दिएमा उत्पादन बढ्ने र खाद्यमा आत्मनिर्भर हुने भएकोले प्रदेश सरकारले किसानको उत्पादनलाई बजार व्यवस्थापन गरिने उनले बताए । प्रदेश सरकारले किसानलाई तालिम, मल, बीउ, पानी र प्राविधिक दिने समेत उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















