काभ्रे । बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति काभ्रेको समन्वयमा ४ वटा विषयको तालिम शुरु भएको छ । बुधबार दुइ वटा तालिमको उद्घाटन गरेसँगै अब काभ्रेमा ४ वटा तालिम शुरु भएको हो ।

बुधबार बनेपामा होमस्टे तालिम र कम्प्युटर हार्डवयेर टेक्निसियन तालिमको विधिवत रुपमा सुरु गरिएको छ । यस अघि कपाल काट्ने तालिम र बारिष्ट तालिम शुरु भइसकेको छ ।

उद्घाटन कार्यक्रममा पुर्व उद्योग राज्यमन्त्री तथा बागती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्ष सन्तोष चौलगाईको बिषेश अतिथिको रुपमा सहभागी थियो ।

कान्तिपुर बहुप्रबिधिक शिक्षालय चितवनको आयोजनामा काभ्रेमा २० जना युवाहरुको लागि काभ्रे एकेडेमी अफ टुरिजम ट्रेनिङ सेन्टर बनेपामा होमस्टेको तालिम संचालन गरिने भएको छ भने अक्सफोर्ड एडभान्स इन्जिनियरिङ कलेज काठमाडौंले कम्प्युटर हार्डवयेर टेक्निसियन तालिममा २० जना युवाहरुको लागि पल कम्प्युटर तालिम केन्द्रमा संचालन गरिने भएको छ ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि पुर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य कंचन चन्द्र बादे श्रेष्ठले तालिम लिए पछि रोजगार तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । प्रदेश सभाको बिभिन्न क्षेत्रहरु मार्फत संचालन भएको तालिमहरु महत्पुर्ण रहेको बताउँदै सबै तालिमहरु लिए पछि रोजगार बन्नको सहयोग हुने बताए ।

काभ्रेमा पर्यटकिय क्षेत्रको सम्भावना रहेको तामाङ गाउँहरुमा तामाङ सँस्कृति दिने देखाउने खालको होमस्टेहरु संचालन गर्न यो तालिमले थप सहयोग पुग्ने सासद बादेले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्ष चौलगाईले प्रदेश सरकारले युवाहरुलाई तालिम मात्र नभएर स्वरोजगार हुने बनाउने तालिमहरुमा जोड् दिएको बताए । बागमती प्रदेश युवा परिषदले १३ वटै जिल्लामा रहेका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न तालिमहरु संचालन भईरहेको बताए ।

मुख्यरुपमा बिदेशबाट फर्केका र नेपालमै युवाहरुलाई स्वरोजगार तर्फ लानको लागि प्रदेश परिषद्ले बिभिन्न कामहरु गरिरहेको चौलागाईले बताए । सरकारले युवाहरुको लागि नै लगानी गर्ने बातावरण बनाउने उदेश्यले प्रदेश सरकार मार्फत काम भएको बताउदै यो तालिम लिए पछि राम्रो सिप परिक्षण पास भएर ब्यवासय संचालन गर्न चाहने युवाहरुलाई बागमती प्रदेश युवा परिषदले प्रोत्साहन रकम समेत बितरण गरिने बताए ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं ७ को वडा अध्यक्ष हिटलर शाक्यले युवाहरुले तालिम तालिम मात्र नभएर स्वरोजगार हुन्छु भन्ने सोच लिएर तालिम लिनुपर्ने तर्फ जोड्दिनुपर्ने बताए ।

काभ्रेमा होमस्टे तालिम संचालनको लागि समन्वय गरिरहेका तालिम प्रदायक संस्था कान्तिपुर बहुप्राविधिक शिक्षालय चितवनको प्रमुख श्यामजी कडेलले छोटो समयमा तालिम लिएर धेरै युवाहरु स्वरोजगार बन्न सकेको बताए । ६५ दिनको ३ सय ९० घण्टाको तालिम लिएर युवाहरुले धेरै प्रगती गर्न सकेको तालिम लिन आउनुहुनेहरुले तालिम लिन्छु भन्ने भित्र मन देखि जोस देखाउन सक्नुपर्नेमा जोड् दिए ।

बागमती प्रदेश युवा परिषदको आयोजनामा काभ्रेमा ४ वटा तालिमहरु हेयर कटिङ (बारबर), होमस्टे, कम्प्युटर हार्डवयेर टेक्निसियन र बारिष्टा (कफी) बनाउने तालिम संचालनमा रहेको जिल्ला युवा समितिको अध्यक्ष प्रकाश थापाले बताए ।

प्रदेश परिषद मार्फत जिल्लामा आएको तालिमहरु लिनको लागि युवाहरुले चासो लिएको तालिम तालिम मात्र सिमित नभएर बिदेश जाने युवाहरु रोक्नको लागि भएको बताउदै युवा शक्ति स्थानिय स्तरमै रोजगार बनाउनको लागि जिल्लामा काम गरिरहेको थापाले बताए ।

जिल्लाको बिभिन्न पालिकाहरु्बाट युवाहरुले तालिमहरुमा सहभागिता जनाएको छ । तालिमको समन्वय काभ्रे जिल्ला युवा समितिले गरिरहेका छन् भने सबै तालिमहरु बनेपामा संचालन भईहरेका छन् । सिटिईभिटिको मान्यता प्राप्त तालिमहरुमा ६५ दिन ३९० घण्टाको समय रहेको छ भने तालिम पछि सिप परिक्षण बोर्ड बाट सिप परिक्षण समेत गरिने भएको जिल्ला युवा समितिले जनाएको छ ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषदका प्रमुख रमेश घिमिरे, बागमती प्रदेश युवा परिषद सदस्य लनम लामा, मैया पहरी, नेपाली काग्रेस प्रदेश सभा सह–सचिव मनहरि रावल क्षत्री अक्सफोर्ड एडभान्स ईन्जिनियरिङ कलेजका प्रतिनिधि कमल प्रसाद उप्रेती, कान्तिपुर बहु प्राविधिक शिक्षालयका संयोजक कलम चौधरी, पर्ल कम्प्युटर इन्टिच्युटका प्रमुख राजेश के.सी, काभ्रे एकेडेमी अफ टुरिजमका प्रमुख कामदेव शाह, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, तपाई हाम्रो साप्ताहिकका संचालक बुद्ध कुमार श्रेष्ठ(रोहित) होमस्टे महासंघ नेपालका केन्द्रिय सदस्य एवंम होमस्टे तालिमका प्रमुख प्रशिक्षक नारायण बहादुर तामाङ, कम्प्युटर हार्डवयेर तालिमका प्रमुख प्रशिक्षक विकास भुजेल, आदेश व्लोन, कट्स एण्ड कियर व्युटिपार्लर ट्रेनिङ सेन्टरका प्रोपाइटर सुमित्रा श्रेष्ठ लगायतको उपस्थिीती रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य जिल्ला युवा समितिका सदस्य सुरेन्द्र प्रताप शाहले गरेका थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।