काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६ मा गाउँपालिका अध्यक्ष भगवन अधिकारी र उपाध्यक्ष तारा रानाले खानेपानी उद्घाटन गरेका छन् । विहिबार का १ सिउरानी–भञ्ज्याङखर्क खानेपानी आयोजनाको अध्यक्ष अधिकारी र उपाध्यक्ष रानाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
रोटरी क्लब बौद्ध, रोटरी क्लब स्कटल्याण्ड र गाउँपालिकाको साझेदारीमा आयोजना सम्पन्न भएको थियो । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार यस आयोजनाबाट त्यस गाउँका १४ सय जनसँख्याका लागि खानेपानी सहज भएको छ । एक घर एक धारा भएपछि स्थानीय खुशी भएका छन् ।
आयोजना करिब २ करोडको लागतमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष अधिकारीले गाउँपालिकाका नागरिकको ओठमा खुसी ल्याउन मद्दत गरेकोमा सहयोगी संस्थाहरु प्रति आभार प्रकट गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















